आज विश्व सम्पदा दिवस मनाइँदै

 वैशाख ५, २०७६ बिहीबार १३:४०:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् । 

काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संघठन युनेस्कोले सांस्कृतिक सम्पदा क्षेत्रका रुपमा सूचीकृत गरेको छ । काठमाण्डौ उपत्यका भित्र काठमाण्डौ, ललितपुर र भक्तपुरका ७ वटा सम्पदा समेटिएका छन् । 

२०७२ सालको भूकम्पले नेपालका महत्वपूर्ण सांस्कृतिक सम्पदामा क्षति गरेको छ । भूकम्पले ३२ जिल्लाका १ हजार ६ सय सम्पदामा क्षति पुगेको थियो । ती मध्ये अति प्रभावित १४ जिल्लाका ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । अति प्रभावित १४ जिल्लाका २ सय २१ सम्पदाको पुनर्निर्माण भैसकेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले बताउनुभयो । अरु तीन सय सम्पदामा काम भैरहेको छ । 

काष्ठमण्डप, धरहरा, रानीपोखरी, बुङमतीको रातो मछिन्द्रनाथ लगाएतका मुख्य सम्पदा बनाउने काम भैरहेको छ । अरु बाँकी सम्पदा पुनर्निर्माणको काम सुरु हुन सकेको छैन । विभागले आगामी तीन वर्षभित्र बाँकी सबै सम्पदाको पुनर्निर्माण सक्ने योजना बनाएको पनि उहाँले जानकारी दिनुभयो । गौतम बुद्धको जन्मथलो लुम्बिनीमा भने भूकम्पले क्षति गरेको छैन ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया