कुलमान घिसिङको निर्देशन : ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोग नगर्नू

 वैशाख ५, २०७६ बिहीबार १६:३३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले ट्रेड युनियनको चुनावमा प्राधिकरणका गाडी प्रयोगमा रोक लगाएको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्ति निकालेर यही वैशाख १९ गते हुने ट्रेड युनियन चुनावका लागि कुनै पनि गाडी प्रयोग नगर्न सचेत गराउनुभएको हो । 

यस्तै चुनावको सिलसिलामा सम्बन्धित कार्यालयमा समन्वय गरेर मात्रै परिचालित हुन र चुनाव निष्पक्ष बनाउन पनि घिसिङले निर्देशन दिनुभएको छ । 

निर्देशन अटेर गर्नेलाई विभागीय कारबाही गर्ने पनि उहाँको चेतावनी छ । यसअघि प्राधिकरणको ट्रेड युनियन चुनावमा गाडीको व्यापक दुरुपयोग भएको गुनासो आउने गरेको थियो । विद्युत प्राकिरणमा ट्रेड युनियनको चुनाव गएको फागुनमै हुनुपर्ने भए पनि विवादका कारण रोकिएको थियो । 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया