सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित पाँच न्यायायाधीशहरुको नाम अनुमोदन गरेको छ ।
समितिको बिहीबार सिंहदबारमा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि प्रस्तावित प्रकाशकुमार ढंगाना, सुष्मलता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोजकुमार शर्माको नाम अनुमोदन गरेको हो । समितिको बैठकमा पाँचै जना न्यायाधीशको सुनुवाइ गरी उनीहरुको नाम सर्वसम्मतिले अनुमोदन गरिएको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिमा प्रस्ताव न्यायाधीशहरुविरुद्ध ५ वटा उजुरी परेको थियो । त्यस सम्बन्धमा पनि बिहीबार नै उजुरीकर्ताहरुसँग छलफल गरिएको थियो ।