कमल थापाले कोटको खल्तीबाट 'धर्म निरपेक्षता' लेखिएकाे ब्यानर निकालेर जलाएपछि...

 वैशाख ६, २०७६ शुक्रबार १७:२९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले धर्मनिरपेक्षताको विरोध र राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलनको माग राजधानीमा प्रदर्शन गरेको छ । 

शुक्रबार राजधानीको शान्तिबाटिकामा भएको कार्यक्रममा राप्रपाका अध्यक्ष कमल थापाले धर्म निरपेक्षता लेखेको ब्यानर जलाउनु भएकाे थियाे । कोणसभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले कोटको खल्तीबाट धर्म निरपेक्षता लेखेको ब्यानर जलाएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

त्यस क्रममा प्रहरीले राप्रपाका केन्द्रीय सदस्य यवती कार्की, नानु नगरकोटी, महासचिव गुणराज राजभण्डारी, भक्तपुर जिल्ला उपाध्यक्ष राम न्यौपानेलगायत राप्रपाका दर्जन कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

अध्यक्ष राणालाई भने कार्यकर्ताले घेराबन्दीका साथ सुरक्षित रुपमा कार्यक्रमबाट बाहिर निकालेका थिए ।

राप्रपाले आज देशैभर धर्म निरपेक्षता लेखिएकाे ब्यानर जलाएकाे छ ।

 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया