बजेट तर्जुमा मार्गदर्शन : ‘स्रोतमा चाप छ, पूर्वतयारी नभएका र प्...
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले तातोपानी नाका खुल्ने सुनिश्चित भइसकेको बताउनुभएको छ ।
सिन्धुपाल्चोकका प्रतिनिधिसभाका सांसदसमेत रहनु भएका नेता सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रयासमा तातोपानी नाका खोल्ने कुरा सुनिश्चत भइसकेको बताउनु भएको हो । आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उहाँले भूकम्पपछि बन्द रहेको सो नाका खुलाउन आफूले सांसदको रुपमा ठूलो प्रयास गरेको पनि बताउनुभयो ।
राष्ट्रका लागि करोडौंको राजस्व संकलन हुने र सिन्धुपाल्चोक जिल्लाको आयआर्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सो नाका खुलाउन चीन सरकारसँग पहल गर्नुपरेको नेता सापकोटाको भनाइ छ ।
नेता सापकोटाले नेपालले सुरक्षा चुनौती हुन नदिने प्रतिबद्धता जनाएपछि चीन सरकार सो नाका खुलाउन तयार भएको पनि स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।