युक्रेनका राष्ट्रपति बेलायतमा : प्रधानमन्त्री स्टार्मरसँग भेटवार्ता, सैन्य सहयोगमा हस्ताक्षर

 फागुन १८, २०८१ आइतबार ९:४७:३३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइटहाउसमा भएको भेटमा चर्काचर्कीपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुग्नुभएको छ ।

जेलन्स्कीले बेलायती प्रधानमन्त्री किएर स्टार्मरसँग भेटवार्ता गर्नुभएको बीबीसीले जनाएको छ । रूस–यूक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति ट्रम्पसँग भएको मतभेदलगत्तै युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई बेलायतले युक्रेनको साथमा रहेको प्रतिक्रिया जनाएको थियो ।

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले जेलेन्स्कीसँगको भेटमा पनि युक्रेनलाई बेलायतको साथ रहेको दोहोर्‍याउनुभयो । राष्ट्रपति जेलेन्स्कीले बेलायतको साथ र सहयोगका लागि धन्यवाद दिनुभएको खबरमा उल्लेख छ ।

यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीच शुक्रवार भएको भेटका क्रममा चर्काचर्की भएपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने प्रयास तत्कालका लागि असफल भएको छ । साथै युक्रेन र बेलायतबीच दुई दशमलव २६ बिलियन पाउण्डको नयाँ ऋण सम्झौता भएको छ ।

जेलेन्स्की र बेलायतका प्रधानमन्त्री स्टार्मरले सैन्य सहयोगका लागी ऋण पत्रमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया