शेयरबजार झण्डै ३२ अंकले बढ्यो: १ अर्ब बढीको कारोबार

 वैशाख ८, २०७६ आइतबार १५:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आइतबार शेयर बजार झण्डै ३२ अंकले बढेको छ ।

हप्ताको पहिलो दिन आइतबार नेप्से परिसूचक ३१ दशमलव ८९ अंकले बढेर १२ सय ६४ विन्दु नाघेको छ । कारोबार रकम पनि १ अर्ब नाघेको छ । आइतबार १ अर्ब २ करोड ४ लाख ३३ हजार ४ सय ३९ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

निर्जीवन र उत्पादन समूह बाहेकका सबै समूहको परिसूचक उकालो लागेका दिन आइतबार सबैभन्दा धेरै बैँक समूहको परिसूचक झण्डै ४६ अंकले बढेको छ । यस्तै, होटल समूह झण्डै ३५, लघुवित्त झण्डै २७, जीवन बीमा २२, विकास बैंक झण्डै १७, अन्य समूह झण्डै १० अंकले बढेको नेप्सेले जनाएको छ ।

त्यसैगरी उत्पादन समूह झण्डै १२ अंक र निर्जीवन बीमा समूह ७ अंक भन्दा बढीले घटेको छ ।  

स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंक र स्वदेशी लघुवित्त कम्पनीका लगानीकर्ताले आइतबार झण्डै १० प्रतिशत नाफा कमाएका छन् भने नेपाल बैक लिमिटेडको शेयर १४ करोड, ८० लाखभन्दा धेरैको कारोबार भएको छ । 


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया