जान्हवी कपूर र इशान खट्टरलाई दादासाहेब फाल्के अवार्ड

 बैशाख ८, २०७६ आइतबार १८:४५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

जान्हवी कपूर र इशान खट्टरले आफ्नो डेब्यू फिल्म ‘धडक’ बाट दादासाहेब फाल्के अवार्ड अवार्ड जितेका छन् । 

भारतीय सिनेमा अवार्डहरुमा दादासाहेब फाल्के अवार्डलाई एक महत्वपूर्ण अवार्ड रुपमा हेरिन्छ । हालै भारतको मुम्बईमा दादासाहेब फाल्के अवार्ड २०१९ आयोजना गरियो । जहाँ बलिउडका कयौं स्टार कलाकारहरु सहभागी भएका थिए ।  

गएकाे वर्ष अभिनेत्री जान्हवी कपूरले इशान खट्टरका साथ निर्देशक शशांक खेतानको फिल्म ‘धडक’ बाट बलिउड डेब्यू गरेकी थिइन् । मराठी फिल्म ‘सैरात’ काे हिन्दी रिमेक ‘धडक’ मा इशान र जान्हवीले गरेको अभिनयको निकै तारिफ भएको थियो । दादासाहेब फाल्के अवार्डसमा जान्हवी र इशानलाई यसै फिल्मबाट डेब्यूको लागि अवार्ड दिइएको हो । 

यस अवार्ड कार्यक्रममा जान्हवी कपूर मनीष मल्होत्राको पिंक साडीमा सजिएकी थिइन् भने इशान खट्टर सेतो कुर्तामा ठाँटिएका थिए । दुवैले मिडियासामु केही तस्बिबरहरु पनि खिचाएका थिए । अवार्ड शोमा जान्हवी र इशानबीचको केमिष्ट्रि पनि मिलेको देखिन्थ्यो ।

फिल्म ‘धडक’ रिलिज भएसँगै जान्हवी र इशानले एकअर्कालाई डेट गरिरहेको खबरहरु पनि सार्वजनिक भएका थिए । 

तर करण जोहरको चर्चित शो ‘कफि विद् करण’ मा इशान र जान्हवीसँग उनीहरुको प्रेम सम्बन्धलाई लिएर प्रश्न गर्दा आफूहरु असल साथी मात्रै रहेको भन्दै अस्विकार गरिदिएका थिए ।

यि दुवैले प्रेममा रहेको खबरलाई अस्वीकार गरे पनि दर्शकले जान्हवी र इशानको अनस्क्रिन जोडीलाई भने निकै मन पराएका थिए ।

अभिनेत्री जान्हवी कपूर छिट्टै पहिलो भारतीय महिला लडाकु पाइलट गुञ्जन सक्सेनाकाे बायोपिक ‘कारगिल गर्ल’ मार्फत दर्शक माझ आउँदैछिन् । यस फिल्मपछि जान्हवीले करण जोहरको मल्टिस्टारर फिल्म ‘तख्त’ मा पनि काम गर्नेछिन् भने अभिनेता राजकुमार रावका साथ फिल्म ‘रुह–अफजा’ मा पनि जान्हवी मुख्य अभिनेत्री रहनेछिन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया