नेपालमा २५ खर्ब रुपैयाँ लगानी गर्न विदेशीले चासो देखाएका ३१ परियोजना: कसकोे लागत कति ?

 वैशाख ८, २०७६ आइतबार १९:५३:१० | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - नेपालका ३१ वटा परियोजनामा लगानी गर्न ४८ वटा विदेशी कम्पनीले आवेदन दिएका छन् ।

गएको चैतमा काठमाण्डौमा भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा प्रस्तुत भएका ७७ वटा परियोजनामध्ये ३१ वटामा लगानीको लागि प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । यी परियोजनाको लागत २५ खर्ब रुपैयाँ छ । कृषिका ५ परियोजनामा ७, स्वास्थ शिक्षामा २, उर्जामा ७ पूर्वाधारमा ८, उद्योगमा १, पर्यटन पूर्वाधारमा ३, यातायात पूर्वाधारका ९ परियोजनामा २२ र शहरी पूर्वाधारका ४ परियोजनामा ५ वटा आवेदन पेश भएका छन् । 

खर्चका हिसाबले सबैभन्दा महँगा ३ खर्ब ३४ अर्ब रुपैयाँ लागतको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलदेखि ३५ करोड ११ लाख रुपैयाँको एकीकृत कृषि पूर्वाधार विकास केन्द्रमा लगानी गर्न ३१ वटा परियोजनामा ४८ कम्पनीले आवेदन दिएका छन् । 

कुन आयोजनाको लागत कति ?

 कृषि परियोजना

– एकीकृत कृषि पूर्वाधार विकास केन्द्र उर्लाबारी, लागत  ६० करोड सात लाख रुपैयाँ, आवेदन संख्या १
– एकीकृत कृषि पूर्वाधार विकास केन्द्र कास्की हेम्जा, लागत  ६२ करोड रुपैयाँ, आवेदन संख्या १
– एकीकृत कृषि पूर्वाधार विकास केन्द्र बनेपा र चितवन, लागत ४९ करोड ३८ लाख रुपैयाँ, आवदेन संख्या २
– एकीकृत कृषि पूर्वाधार विकास केन्द्र वीरेन्द्रनगर, लागत ३५ करोड ११ लाख रुपैयाँ, आवेदन संख्या १ 
–एकीकृत कृषि पूर्वाधार विकास केन्द्र, रुपन्देही तिलोत्तमा, लागत  ७३ करोड रुपैयाँ, आवेदन संख्या २

 शिक्षा तथा स्वास्थ्य क्षेत्र

– धुलिखेल मेडिसिटी, लागत ८ अर्ब २४ करोड रुपैयाँ, आवेदन संख्या १
– गण्डकी प्राविधिक शिक्षालय, ६ अर्ब ६९ करोड रुपैयाँ, आवेदन संख्या १

उर्जा पूर्वाधार क्षेत्र

– ७६२ मेगावाट तमोर जलविद्युत, लागत १ खर्ब ३५ अर्ब ६६ करोड रुपैयाँ, आवेदन संख्या २
– ७५० मेगावाट पश्चिम सेती, लागत १ खर्ब ६४ अर्ब ९८ करोड रुपैयाँ, आवेदन संख्या १
– ६५२ मेगावाट कचट जलाशयुक्त परियोजना, लागत १ खर्ब ३३ करोड रुपैयाँ, आवेदन संख्या १
– १११० मेगावाट सुनकोशी दोस्रो, लागत २ खर्ब रुपैयाँ, आवेदन संख्या १
– ५३६ मेगावाट सुनकोशी तेस्रो, लागत १ खर्ब ११ अर्ब रुपैयाँ, आवेदन संख्या १
– १३०० मेगावाट तल्लो अरुण, लागत १ खर्ब ४४ अर्ब रुपैयाँ, आवेदन संख्या १
– ५५० मेगावाट सोलार परियोजना, लागत ८३ अर्ब ६० करोड रुपैयाँ, आवेदन संख्या १

उद्योग क्षेत्र

–  लजिष्टिक पार्क, लागत ६ अर्ब ६८ करोड रुपैयाँ, आवेदन संख्या १

पर्यटन उद्योग क्षेत्र

– जानकी हेरिटेज होटल, लागत २ अर्ब २२ करोड रुपैयाँ, आवेदन संख्या १
– तालतलैया थिम पार्क, लागत  ४ अर्ब ५७ करोड रुपैयाँ, आवेदन संख्या १
– ड्रिमल्याण्ड धुलिखेल, लागत ४ अर्ब ७९ करोड रुपैयाँ, आवेदन संख्या १

यातायात पूर्वाधार क्षेत्र

– चक्रपथ  बस र्‍यापिड ट्रान्जिट, लागत  १६ अर्ब ६६ करोड रुपैयाँ, आवेदन संख्या ४
– बाहिरी चक्रपथ, लागत २ खर्ब ८५ करोड रुपैयाँ, आवेदन संख्या ४
– निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, लागत ३ खर्ब ३४ अर्ब रुपैयाँ, आवेदन संख्या ६
– काठमाण्डौ मेट्रो, लागत ३ खर्ब ३४ अर्ब रुपैयाँ, आवेदन संख्या १
– पूर्व पश्चिम विद्युतीय रेलमार्ग, लागत ३ खर्ब ३४ अर्ब रुपैयाँ, आवेदन संख्या १
– काठमाण्डौ–पोखरा–लुम्बिनी रेलमार्ग, लागत  ३ खर्ब ७४ अर्ब रुपैयाँ आवेदन संख्या १
– काठमाण्डौ स्काइ ट्रेन, लागत २४ अर्ब ५२ करोड रुपैयाँ, आवेदन संख्या १
– सामाखुसी–टोखा–छहरे सडक, लागत २९ अर्ब ५४ करोड रुपैयाँ, आवेदन संख्या २
– धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, लागत २८ अर्ब ७६ करोड रुपैयाँ, आवेदन संख्या २

 शहरी पूर्वाधार क्षेत्र

– अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भक्तपुर, लागत १ अर्ब ७८ करोड रुपैयाँ, आवेदन संख्या २
– फोहोर व्यवस्थापन केन्द्र जनकपुर, लागत  ७१ करोड ३४ लाख रुपैयाँ, आवेदन संख्या १
– विराटनगर फोहोर प्रशोधन केन्द्र, लागत ११ अर्ब १४ करोड रुपैयाँ, आवेदन संख्या १
–पानी प्रशोधन केन्द्र मेलम्ची, खोकना भरतपुर, लागत ३३ अर्ब ४४ करोड रुपैयाँ, आवेदन संख्या १

महिनाभित्र २७ परियोजनाको विकासकर्ता छानिसक्ने, सम्बन्धित मन्त्रालयलाई जिम्मा लगाउने तयारी

लगानीको लागि आवेदन परेका ३१ वटा परियोजनामध्ये २७ वटा परियोजनाका विकासकर्ता आउँदो ३ महिनाभित्रै छानिसक्ने बोर्डले जनाएको छ । त्यस्तै १७ वटा परियोजनाको लागि ९ महिनाभित्र र बाँकी ६ परियोजनाको लागि १४ महिनाभित्र विकासकर्ता छनोट गर्ने बोर्डको तयारी छ । 

यस्तै आवेदन परेका परियोजना जुन मन्त्रालयसँग सम्बन्धित छन्, त्यही मन्त्रालयलाई जिम्मा लगाउने पनि बोर्डको तयारी छ । ‘सुरुमा हामीले केही सहजिकरण गर्छौं, त्यसपछि जुन मन्त्रालयसँग सम्बन्धित आयोजना हो, हामीले त्यही  मन्त्रालयलाई सुम्पन्छौं, एकद्वार प्रणाली पनि बन्दैछ,  अब सजिलो हुन्छ’ लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले भन्नुभयो । 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया