भारतीय सचिव लेखेको कारमा गाँजा लुकाएर भारत निकासी गर्ने तस्कर पक्राउ

 बैशाख ८, २०७६ आइतबार २०:४०:१ | हरि हुमागाईं

मकवानपुर - मकवानपुरका विकट गाउँमा उत्पादन भएको गाँजा भारत निकासी गर्दा तस्करले फरक शैलीको प्रयोग गर्न थालेका छन् । एक पछि अर्को फरक शैली परिवर्तन गर्दै गाँजा निकासी गर्ने गरेको रहस्य आज हेटौंडामा खुलेको छ ।

पछिल्लो समय भारतीय नम्बर प्लेटका साना गाडीमा प्रहरीले गाँजा बरामद गर्दै आएको छ । तर सबै शैली फरक फरक रहेका छन् । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ तीनताप्केमा प्रहरीले ४८ केजी ८ सय ग्राम गाँजा बरामद गर्ने क्रममा फरक शैली अपनाएकाे पाइएको छ । भारतीय नम्बर प्लेटको बीआर ३१ एम ५०५१ नम्बरको कारमा फल्स बटम बनाएर निकासी गर्ने क्रममा एक जना भारतीय नागरिक पनि पक्राउ परे । गाँजा निकासी गर्न लागेको कारको नम्बर प्लेट भन्दामाथि भारतीय सचिव लेखिएको थियो । 

सचिव लेखेपछि प्रहरीले सजिलैसँग भारतीय भीआईपी भनेर बुझे पनि । केही प्रहरी चौकिमा गाँजा ओसारेका तस्करले भारतीय भीआईपी भनेर सलाम पनि ठोके । तर बुझ्दै जाँदा गाँजा ओसार्ने फरक शैली परिवर्तन गरिएको जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो ।

फरक–फरक तरिकाले गाँजा बोकेर निकासी गर्न लागिएको तथ्य थाहा पाएपछि भारतीय सचिव लेखिएको कार पनि प्रहरीको नियन्त्रणमा आयो । यसअघि कतिपटक गाँजा ओसार्ने क्रममा चौकीपिच्छेका प्रहरीले सलाम ठोकेर गाँजा निकासी गरे होलान् भनेर अहिले पो थाहा भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीहरु बताउँछन् । 

गाँजा ओसार्ने शैली परिवर्तन भएसँगै तस्करले फेरि अर्को शैली अपनाउन सक्नेछन् । भारतीय नागरिक विहार जिल्ला वैशाली ग्राम हसिकैवल वडा नंम्बर ५ बस्ने ३२ वर्षीय अमरजित सिंहले भारत निकासी गर्न लागेको गाँजा प्रहरीले बराममद गर्न सफल बन्यो ।

तिनताप्केमा रहेकाे सडक खण्डमा जाँचको क्रममा मनहरी तर्फबाट हेटौडातर्फ आउदै गरेको कारलाई रोकेर जाँच गर्दा कारमा चालक सिंह, गाडी र गाँजानियन्त्रणमा लिइएकाे प्रहरीले जनाएको छ । कारको सिटमुनी फल्स बटम बनाई लुकाई छिपाई राखेकोराखेको अवस्थामा ८ वटा पोकामा ४८ किलो ८ सय ग्राम लागु औषध गाँजा फेला पारेको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत २४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया