भूमिबाहेकका पाँच अध्यादेश भोलि प्रतिनिधि सभामा पेश हुने
फागुन २०, २०८१ मंगलबार
काठमाण्डौ – नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको ७० वर्ष पूरा भएको छ । आज कम्युनिष्ट घटक दलहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउँदैछन् ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्दैछ । कार्यक्रममा शीर्ष नेताहरुले सम्बोधन गर्ने तय भएको छ । यस्तै अरु कम्युनिष्ट घटकहरुले पनि स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् ।
सन् १९४९ को अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
यस्तै आजै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता भएर निर्माण भएको नेकपाको एकता प्रक्रिया टुंगिएको घोषणा पनि गर्ने तयारी रहेको छ ।
यसअघि आइतबा। बसेको नेकपा सचिवालयको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष तथा सचिवको टुंगो लगाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।