धादिङकाे नाैबिसेमा तेस्राे पटक परकम्प

 बैशाख ११, २०७६ बुधबार १५:२५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्राे परकम्प गएकाे छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलकाे परकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा परकम्प गएका थिए ।

परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियाे । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा परकम्पहरु गएका हुन् । 

ठूलो भूकम्पपछि साना परकम्प वर्षौँसम्म आउने केन्द्रले जनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया