अबको एक दुई दिन केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना

 वैशाख १४, २०७६ शनिबार ७:३०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । 

विशेषगरी पोखराबाट पूर्वतिर बिहान सफा भए पनि दिउँसोपछि मौसम बदली भई केही ठाउँमा एकैछिन पानी पर्ने अनुमान गरिएको मौसमविद् शान्ति कँडेलले बताउनुभएको छ ।

उहाँका अनुसार पूर्वमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अझै केही दिन दिउँसोपछि पूर्वसहित मध्य र पश्चिमको एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ । 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया