भूमिबाहेकका पाँच अध्यादेश भोलि प्रतिनिधि सभा पेश हुने
फागुन २०, २०८१ मंगलबार
हुम्ला – हुम्लाको ताजाकोट गाउँपालिकामा थाहा नभएको रोगका कारण ८ जनाको ज्यान गएको छ । केही बिरामी परेका छन् ।
गएको दुई हप्तादेखि स्थानीयमा छाति दुख्ने, ज्वरो आउने र त्यसको केही दिनमा ज्यान जाने गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङगानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार ज्यान जानेमा बालबालिका र वृद्धवृद्धा रहेका पाइएको छ । ताजाकोटको वडा नम्बर १, २ र ८ नम्बर वडामा यस्तो समस्या देखिएको उहाँको भनाइ छ । यसबारेमा हिजो बेलुकीमात्रै थाहा पाएपछि सुर्खेतबाट स्वास्थ्य टोली त्यसतर्फ पठाइएको उहाँले बताउनुभयो ।
हुम्लाको सदरमुकामबाट ३ दिन लाग्ने भएकाले सुर्खेतबाट एक दिनमै पुग्न सकिने भएकाले सुर्खेतबाट स्वास्थ्य टोली त्यसतर्फ गैसकेको छ । टोली बेलुकीसम्म प्रभावित क्षेत्रमा पुगेर काम थाल्ने उहाँले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।