अन्ततः खुलामञ्चमा बनाइएका सटरहरुमाथि महानगरको डोजर चल्यो

 वैशाख १४, २०७६ शनिबार १३:२६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – रत्नपार्कस्थित खुलामञ्चमा अवैधानिक रुपमा निर्माण गरिएका सटरहरु भत्काउन महानगरले डोजर परिचालन गरेको छ । काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्र्रभा खड्गीलेसटरहरु भत्काउन डोजर परिचालन गरिसकेको जनाउनु भएको छ ।

व्यापारीले खुलामञ्च अतिक्रमण गरेपछि काठमाण्डौबासीले वैशाख १२ गतेका दिन विरोध प्रदर्शन  गरेका थिए । त्यसपछि महानगरपालिकाले त्यसको छानबिन गरी पसलहरु हटाइने बताएको थियो । 

निर्माणाधीन काठमाण्डौ भ्यू टावरको निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले सम्झौताविपरीत अतिक्रमण गरी ४० भन्दा बढी सटर बनाएपछि स्थानीयवासी आन्दोलित बनेका थिए ।  यसै विषयलाई लिएर स्थानीयवासीले बिहीबार विरोध प्रदर्शन गरेका थिए ।

जलेश्वर निर्माण कम्पनीले ४० वटा सटर निर्माण गरेर बेच्न लागिसक्दासम्म पनि महानगरपालिकाले देखेन वा देखेर पनि नदेखेको जस्तो गर्याे भन्ने आशंका उब्जिएको थियो । 

थाहा पाइसकेपछि पनि निर्माण गरिएका संरचनालाई तत्कालै भत्काउनमा किन ढिला भइरहेको भन्दै आम मानिसले महानगरपालिको व्यापक विरोध गरेपछि शनिबारकै दिन भए पनि अन्ततः महानगरले अवैधानिक रुपले बनाइएका सटरहरुमाथि डोजर चलाउन सुरु गरेको छ 
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया