निर्वाचनमा इमानभन्दा पैसाले काम गर्न थाल्यो भने भ्रष्टाचार बढ्छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

 बैशाख १४, २०७६ शनिबार १५:५४:३६ | उज्यालो सहकर्मी

काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आफ्नो सम्पूर्ण प्रयास र प्रयत्नहरु निष्पक्ष निर्वाचन गराउने तर्फ केन्द्रित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 

मनोहरा विद्यानगर सेवा समाजले शनिबार काठमाण्डाैमा आयाेजना गरेको अभिनन्दन समारोहमा प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निष्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफू प्रयत्नशील रहने बताउनुभएको हो ।

निर्वाचन प्रणालीलाई राम्रो र विश्वसनीय बनाएर मात्रै मुलुकमा सशासन कायम हुनसक्ने भन्दै उहाँले सम्पूर्ण शक्ति निश्पक्ष निर्वाचनमा लगाउने प्रतिवद्धता जाहेर गर्नुभएकाे हाे ।

निर्वाचनमा निष्ठा र इमानभन्दा पैसाले काम गर्न थाल्यो भने त्यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचारले  शासनलाई कमजोर पार्ने भएकाले निष्पक्ष निर्वाचन नै पहिलो प्राथमिकता बनाइनुपर्ने तर्क गर्नुभयो ।

उहाँले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने दाबी गर्नुभयो । उहाँले निर्वाचनलाई मर्यादित, अनुशासित, निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै आवश्यक सल्लाह सुझाव दिन आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया