हुम्लामा पहिचान नभएको रोगका कारण ज्यान गुमाउनेकाे संख्या नाै पुग्याे

 वैशाख १४, २०७६ शनिबार १७:५६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - हुम्लाको ताजाकोट गाउँपालिकामा पहिचान नभएको रोगका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ ।

शनिबार दिउँसो ताजाकोटका बिरबल रिसालको ज्यान गएपछि ज्यान गुमाउनेको संख्या नौ पुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जानकारी दिनुभयो ।

हुम्लाको सदरमुकामबाट ताजाकोट पुग्न चार दिन लाग्छ । नेपालगञ्जबाट बाजुराको कोल्टी विमानस्थल हुँदै जाँदा चाँडो हुने भएकोले स्वास्थ्यकर्मीको टोली नेपालगञ्जमा तयारी अवस्थामा रहेको र आइतबार बिहान कोल्टी विमानस्थल हुँदै प्रभावित क्षेत्रमा जाने प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो ।

आइतबार बिहान उडान भएमा दिउँसोसम्म स्वास्थ्यकर्मी पुग्नेछन् । समस्या जटिल बन्दै गएकोले नेपालगञ्जबाट हेलिकप्टरमार्फत स्वास्थ्यकर्मी लैजान गृह मन्त्रालयमार्फत पहल भैरहेको र हेलिकोप्टर उपलब्ध भएमा आइतबार बिहानै स्वास्थ्यकर्मी पुग्ने उहाँले बताउनुभयो ।

ताजाकोटको वडा नम्बर १, २ र ८ मा सुरुमा छाती दुख्ने, ज्वरो आउने र केही दिनमा ज्यान जाने समसया देखिएको र वृद्धवृद्धा तथा बालबालिका बढि प्रभावित भएको पनि प्रमुख जिल्ला अधिकारी ढकालले बताउनुभयो । 
 


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया