एनआईसी एसिया बैंकले गर्‍याे एकै दिन ८ शाखाकाे शुभारम्भ

 बैशाख १४, २०७६ शनिबार १९:२९:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एनआईसी एसिया बैंकले काठमाण्डाै, काभ्रे, कास्की, नुवाकोट र पर्सामा नयाँ शाखाकार्यालयहरु खाेलेकाे छ ।

आइतबार काठमाण्डाै उपत्यकाभित्र ३, काभ्रेमा १,  कास्कीमा १, नुवाकोटमा २ र पर्सामा १ गरी जम्मा ८ नयाँ शाखाहरुकाे औपचारिक उद्घाटन गरियाे ।

पोखरा महामनगरपालिका-१० मा रहेकाे शाखाकाे नेपाल राष्ट्रबैंक पोखराका निर्देशक डा.डिल्लीराम पोखरेल र एनआईसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दिपेन्द्र शर्मा, काठमाण्डाैकाे नार्गजुन नगरपालिका -४, सितापाइला शाखाकाे नगरपालिकाका मेयर मोहन बस्नेत, शंखमुल शाखाको वडाध्यक्ष नारायण प्रसाद भण्डारी, ललितपुर उपमहानगरपालिका-१८, भैसेपाटी शाखाको वडाध्यक्ष पुरुषोतम खड्का, नुवाकोटकाे त्रिशुलीबजार शाखाको मेयर सन्जु पण्डित, विदुर नगरपालिका-१०, बेत्रावती शाखाको वडाध्यक्ष गणेश कुमार नेपाल, धुलिखेल नगरपालिका -४ काे धुलिखेल शाखाकाे नगरपालिका प्रमुख अशोक कुमार ब्याञ्जु तथा पर्सा शाखाको छिपरमाई गाउँपालिका अध्यक्षश्री मनोज कुमारले उद्घाटन गर्नुभयाे ।

देशभरमा यस बैंकका २८१ शाखा कार्यालय, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर तथा २३ वटा शाखारहित बैंकिङ्ग इकाई रहेको बैंकले जनाएको छ ।

बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै आएको बैंकको दावी छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया