वर्तमान सरकार हरेक क्षेत्रमा विफल छ: कांग्रेस नेता पाैडेल

 बैशाख १४, २०७६ शनिबार १९:५३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

रौतहट - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार हरेक क्षेत्रमा विफल भएको बताउनु भएको छ ।

बालुवाटारकाण्ड, खुलामञ्चकाण्ड, सुनकाण्ड, निर्मलाकाण्ड, वाइड बडी काण्ड लगायत काण्डै काण्डको आरोप लागेका ओली सरकार हरेक क्षत्रमा विफल भएर नेपाली जनताको नजरबाट खसिसकेको बताउनु भएको हो । नेपाली कांग्रेसद्धारा रौतहटको राजपुर नगरपालिकामा शनिबार आयोजित बृहत जनसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले यस्ताे बताउनुभएकाे हाे ।

प्रधानमन्त्री भएकै दिन सदनमा ओलीले समृद्ध नेपाल बनाएर नेपाली जनतालाई सुखी बनाउने प्रतिबद्धता गरेको विपरीत यो सरकारमा भ्रष्टाचारी, बलात्कारीलाई
संरक्षण दिइ देशलाई भ्रष्टाचार एवं काण्डै काण्डको देश बनाएको आरोप लगाउनुभयाे ।

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले काग्रेस माथि संकट परेकाे बेला मधेशका जनताहरु कांग्रेसको पक्षमा उभिने गरेको बताउँदै नेपाली कांग्रेस
सँग मधेशको जनताको सम्बन्ध अति नै प्रगाढ एवं धेरै पुरानो रहेको बताउनुभयाे ।

नेपाली कांग्रेसका युवा नेता एवं रौतहट २ का सांसद मोहम्मद आफताब आलमले नेकपाको सरकारको कारण मुलुकमा अहिले अराजकता फैलिएको, हत्या,
बलात्कार, ब्रम्हलुट मच्चिएकाे अभिव्यक्ति दिनुभयाे ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया