भूमिबाहेकका पाँच अध्यादेश भोलि प्रतिनिधि सभामा पेश हुने
फागुन २०, २०८१ मंगलबार
काडमाण्डौ – कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । पहिलो दिन आइतबार अंग्रेजी विषयको परीक्षा भैरहेको छ ।
परीक्षाका लागि चार लाख २८ हजार ५२ जना परीक्षार्थीले फाराम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सबैभन्दा कम मनाङमा ५९ जना र सबैभन्दा धेरै काठमाण्डौमा ६२ हजार ५ सय ८८ परीक्षार्थीले फाराम भरेको बोर्डले जनाएको छ ।
देशभर १ सय ७ परीक्षा केन्द्र कायम गरिएको बोर्डले जनाएको छ । परीक्षालाई मर्यादित बनाउन १३ हजार २ सय ८४ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । परीक्षाको नियम उल्लंघन गर्नेलाई छ महिना कैद र एक लाख रुपियाँसम्म जरिवाना गरिने बोर्डले जनाएको छ ।
यसैबीच प्रश्नपत्रको सुरक्षाका लागि प्रश्नपत्र राखिएको कोठामा सीसीटीभीमार्फत निगरानी गरिएको पनि बोर्डले जनाएको छ । परीक्षामा अनियमितता हुन नदिन यसपटकबाट थप कडाइ गर्ने गरिएको हो ।
१२ कक्षाको परीक्षा वैशाख २९ गतेसम्म चल्नेछ भने ११ कक्षाको बार्षिक परीक्षा पनि वैशाख २९ गतेबाट नै सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।