प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग

 वैशाख १५, २०७६ आइतबार ११:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गर्दै सत्तारुढ नेकपा र मुख्य विपक्षी दल नेपाली कांग्रेसको ध्यानाकर्षण गराएको छ । 

महासंघले तीनै तहका सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरित कानुन निर्माण गरिरहेको, समाचार लेखेको र राजनीतिक आस्थाका कारण पत्रकार पक्राउ परिरहेको, सर्वोच्च अदालतले रिहा गर्न आदेश दिए पनि अदालत परिसर र राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय भित्रै पसेर पत्रकारलाई पक्राउ गरिएको, कानून निर्माणका क्रममा सरोकारवाला पक्षसँग छलफलै नगरिएको भन्दै मुख्य राजनीतिक दलका शीर्ष नेतालाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझ्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको बहाली र रक्षाका लागि नेपाली सञ्चारमाध्यम र पत्रकार महासंघले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको भन्दै प्रेस तथा अभिव्यक्ति स्तन्त्रताको रक्षा लोकतन्त्रको आधार भएको बताउनुभयो । 

यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको स्थापनाकालदेखि नै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारमाध्यमको विकासमा जोड दिंदै आएको स्मरण गर्दै सरकारले स्वतन्त्र प्रेसको विरुद्धमा सरकारले गरिरहेका क्रियाकलापको विरोधमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकार र संसद दुवै स्वन्त्र प्रेस र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छैनन् कि भन्ने जस्तो आभास हुन थालेकाले पूर्व प्रधानमन्त्री र दलका शीर्ष नेताहरुको ध्यानाकर्षण गराइएको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताउनुभयो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षाको माग गर्दै महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ध्यानाकर्षण गराइने महासंघले जनाएको छ ।  
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया