भूमिबाहेकका पाँच अध्यादेश भोलि प्रतिनिधि सभा पेश हुने
फागुन २०, २०८१ मंगलबार
गुल्मी – गुल्मीको दजाकोटमा झाडापखला प्रभावित क्षेत्रमा दिसा र पानीको नमूना संकलनको काम भैरहेको छ ।
विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले दिसा र पानीको नमुना संकलन गर्न थालेको हो । नमुना संकलन गरेपछि आइतबार नै टोली काठमाण्डौ फर्कने गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार टोलीले नमुना भोलिसम्म काठमाण्डौ ल्याएर परीक्षण गर्नेछ । जनस्वास्थ्य टोलीले अक्सिजन र केही औषधि पनि लगेको छ । दुषित पानी पिएर झाडापखाला फैलिएपछि प्रभावित क्षेत्रमा पानीको समस्या भएको छ ।
अहिले प्रभावित क्षेत्रमा नगरपालिकाले ट्याङकर र मिनिरल वाटर उपलब्ध गराइरहेको नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले बताउनुभयो । झाडापखालाका कारण थलिएका १२ वर्षका रेशम सिंजालीको उपचार अभावमा शनिबार राति ज्यान गएको छ । केही हप्तादेखि झाडापखला फैलिँदा गुल्मीमा १ सय ९२ जना बिरामी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।