समाचार प्रभाव : ऋषिको घरमै गएर सहयोगकाे प्रतिबद्धता

 बैशाख १६, २०७६ सोमबार ७:४३:३१ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - २०७२ सालको भुकम्पमा ८२ घण्टापछि जिवीतै भेटिएका अर्घाखाँचीको ढाकाबांगका ऋषि खनाललाइ सक्दाे सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी सहितको टोलीले प्रतिबद्धता ब्यक्त गरेको छ । 

उज्यालो अनलाइनमा विदेश जान भनेर घरबाट हिडेका ऋषिले गरि खाने खुट्टा समेत गुमाएपछि २ छाक कसरी खाने, परिवार कसरी पाल्ने भन्ने समस्या भएको समाचार प्रकाशित भएपछि प्रमुख जिल्ला अधिकारीसहितको टोली उहाँको घरमै पुगेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको हो । 

ऋषिको घरमा पुगेका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उहाँको ५ बर्षिय छोरालाइ पढाउन कुनै संघ सस्थालाइ पहल गरिदिने र उहाँलाइ कुनै तालिमको ब्यबस्था गर्नका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे । 

प्रमुख जिल्ला अधिकारी सहित ऋषिको घरमा पुगेका पुनर्निमाण प्राधिकरण आयोजना कार्यान्वयन इकाई अर्घाखाँचीका प्रमुख बलराम मिश्रले ५ हजार र निर्माण व्यवसायी नारायाण बन्जाडेले ५ हजार आर्थिक सहयोग गर्नु भएको छ । 

२०७२ साल वैशाख १२ गते गएको भुकम्पमा परि ८२ घण्टापछि जिवीतै भेटिएका ऋषि खनाल अहिले दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्तामा हुनुहुन्छ । 

ऋषि भन्छन् : मेरै नाम बेचेर अरु लखपति बने, मलाई छाक टार्नै समस्या

बिदेस गएर पैसा कमाउने र आफ्नो परिवार खुशी बनाउने उद्देश्य बोकेर अर्घाखाँचीबाट काठमाण्डौ गएका ऋषि युएइ अर्थात दुबई जानका लागि  वैशाख १४ गतेको टिकट लिएका थिए । तत्कालिन अर्घाखाँचीको ढाकाबांग गाविस वाड न. ६ हालको भूमिकास्थान नगरपालिका वाड नम्वर १ साम्नेगाँउ निवासी ३१ वर्षिय ऋषि काठमाण्डौमा १२  गतेको भुकम्पमा परेका थिए ।

उहाँको अहिले देब्रे खुट्टा काटिएको छ । सामान्य परिवारका ऋषिको घरमा बुबा आमा, श्रीमती र एक छोरा छन । भुकम्पमा परेर बाचेको भन्दा पनि आफ्नो परिवारलाई कसरी पाल्ने र ५ बर्षको छोरा कसरी पढाउने भन्ने चिन्ता छ ।

गाँउकै बोर्डिंङ स्कुलमा डेढ बर्ष पढाएपनि छोराको फी तिर्न नसकेर छोरालाइ सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना गरिदिएको ऋषिकी श्रीमती कविता खनालले बताउनुभयाे । 

अन्तिम अपडेट: फागुन २९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया