च्याम्पियन्स लिगमा लिभरपुल विजयी, रियल मड्रिड २–० ले पराजित
मंसिर १३, २०८१ बिहिबार
इडिन्सन काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी महारथी उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ ।
क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जेन्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ ।
फ्रान्सेली क्लब पीएसजीका स्टार काभानी र बार्सिलोनामा सुपरस्टार लुइस स्वारेजको उत्कृष्ट तालमेलले क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल उरुग्वेसँग निरिह बन्यो ।
खेलको सातौं मिनेटमै स्वारेजसँगको सानादार तालमेलमा काभानीले हेडमार्फत सुरुवाती गोल गरेका थिए । उनको गोलले उरुग्वे पहिलो हाफमा एक शून्यले अघि रह्यो ।
तर, दोस्रो हाफमा पोर्चुगलले खेलमा फर्कने प्रयास गरेको थियो । ५५औं मिनेटमा रफायल गुरेरोको कर्नरमा रियल मड्रिडका पूर्व स्टार डिफेण्डर पेपेले हेडमार्फत बराबरी गोल गरेका थिए ।
तर, ६२औं मिनेटमा राड्रिगो बेन्टेनकरको पासले काभानीले व्यक्तिगत तथा टिमा लागि दोस्रो गोल गरे । त्यसपछि गोल हुन सकेन र उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो ।
मेस्सी जस्तै रोनाल्डो पनि विश्वकपको नकआउट चरणमा गोल गर्न असमर्थ छन् । उनले आजको खेलमा पनि गोल गर्न सकेनन् । ३३ वर्षीय रोनाल्डोका लागि यो सम्भवतः करिअरको अन्तिम विश्वकप हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।