‘जिरो’ फ्लप भएपछि नयाँ फिल्म साइन गर्ने हिम्मत जुटाउन नसकेकै हुन त शाहरुखले ?

 बैशाख १७, २०७६ मंगलबार ९:४:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘जिरो’ को असफलताले उनीमाथि निकै गहिरो प्रभाव पारेको छ । यही कारण उनी अहिले कुनै पनि नयाँ प्रोजेक्ट साइन गर्ने हिम्मत जुटाउन सकिरहेका छैनन् ।

उनले अब कुनै नयाँ प्रोजेक्ट साइन गर्नु अघि केही समय लिने बताएका छन् । भर्खरै शाहरुख खान बेइजिङ्ग फिल्म फेस्टिभलमा ‘जिरो’ को स्क्रिनिङको लागि चीन गएका थिए । त्यहाँ उनले ‘जिरो’ को असफलता र आफ्ना अबका नयाँ प्रोजेक्टको बारेमा कुरा गरेका थिए । 

शाहरुख खानले चीनको एक वेबसाइटलाई लिएको अन्तरवार्तामा भनेका छन् ‘यस पटक म फिल्म हेर्न, स्क्रिप्ट सुन्न र किताब पढ्नमा समय बिताउनेछु । मेरा बच्चाहरु पनि आफ्नो कलेज लाइफ पूरा गर्दैछन् । सुहाना कलेजमा छिन्, आर्यन एकवर्ष भित्रमा कलेज पूरा गर्दैछन् । म मेरो परिवारका साथ समय बिताउन चाहान्छु ।’ 

शाहरुख खानले अगाडि भने ‘म तब मात्रै नयाँ फिल्म गर्नेछु जब मेरो मन भित्रैबाट आवाज आउनेछ मैले अब फिल्म गर्नुपर्छ । मैले १५/२० स्टोरीहरु सुनिसकेँ र ती मध्ये २/३ वटा राम्रो पनि लागेका छन\ । तर अहिलेसम्म मैले निधो गरेको छैन म कुन फिल्म गर्छु । किनकी मैले निर्णय लिने बित्तिकै काम गर्न पनि सुरु गरिदिनेछु । त्यस पछि म त्यही काममा तल्लीन हुनेछु ।’

आनन्द एल रायको निर्देशनका बनेको फिल्म ‘जिरो’ डिसेम्बर २१ मा रिलिज भएको थियो ।  शाहरुख खान, अनुष्का शर्मा र कट्रिना केफको मुख्य भूमिका रहेको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप सावित भएको थियो । 
 

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया