नगरपालिका नै खाली गरेर जनप्रतिनिधि रारा भ्रमणमा गएपछि काम प्रभावित

 बैशाख १७, २०७६ मंगलबार ८:५२:१८ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – नगरपालिका नै खाली गरे सबै जनप्रतिनिधि नगरपालिकाको खर्चबाट रारा भ्रमण गएपछि नीलकण्ठ नगरपालिकाको काम प्रभावित भएको छ। 

वैशाख १० गते नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना, उपप्रमुख मनराज भण्डारीसहित वडाध्यक्षहरु रारातर्फ गएपछि नगरपालिकामा काम लिएर आउने सेवाग्राही समस्यामा परेका हुन् । 

भ्रमणदलमा नगरपालिकाको १४ वटा वडा मध्ये १, ४ र ११ नम्बर वडाका वडाअध्यक्ष भ्रमणमा गएका छैनन् । बाँकी सबै वडाका वडाध्यक्ष, नगरप्रमुख र उनीहरुलाई चुनावमा सहयोग गर्नेहरुसहित २८ जनाको टोली भ्रमण गएका हुन् । 

जनप्रतिनिधि भ्रमणमा गएपछि नगरपालिकाबाट कर्मचारीले गर्ने काम गरिएको तर जनप्रतिनिधि चाहिने काम रोकिएको नगरपालिकामा भर्खरैमात्र सुरुवा भएका आउनुभएका प्रमुख प्रशासकीय अधिकृत तिर्थराज पौडेलले बताउनुभयो । 

नगरपालिकाले अध्ययन भ्रमणका लागि ५ लाख बजेट विनियोजन गरेको थियो । भ्रमणमा लागेको खर्च यस बाहेक अन्य शीर्षकबाट समेत व्यवस्था गर्न सकिने अधिकृत पौडेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया