शहीद भीमनारायण श्रेष्ठ अन्तरराष्ट्रिय आमन्त्रण गोल्डकप धनकुटामा सुरु

 बैशाख २८, २०७६ शनिबार १९:३५:४५ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - शहीद भीमनारायण श्रेष्ठ अन्र्तराष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको १४ औँ संस्करण शनिबारदेखि सुरु भएको छ ।

उद्घाटन खेल रोयल फुटबल क्लब भारत र विन्दबासिनी फुटबल क्लब मोरङबीच भएको थियो । उद्घाटन खेलमा निर्धारित समयमा दुवै टीमबाट गोल हुन नसकेपछि टाइब्रेकरबाट नतीजा निकालिएकाे थियो । टाइब्रेकरमा ६ गोल गर्दै बिन्दाबासिनी फुटबल क्लब मोरङ विजयी भयाे ।

आइतबार आयोजक धनकुटा–११ र बिर्तामोड युनाडेड क्लब झापाबीच  खेल हुनेछ । प्रप्रतियोगितामा रोयल फुटबल क्लब भारत, फ्रेन्डस् क्लब काठमाडौं, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, आयोजक धनकुटा–११, बिर्तामोड युनाडेड क्लब झापा, विन्दाबासिनी फुटबल क्लब मोरङ, धरान फुटबल क्लब सुनसरी र दाउफिन्स क्लब क्यारुनको सहभागिता रहेको छ । 

प्रतियोगिताको विजेताले चार लाख रुपैयाँ र गोल्डकप, उपविजेताले दुई लाख रुपैयाँ पाउनेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र म्यान अफ दि सिरिज (सर्वोत्कृष्ट) बाट पुरस्कृत गरिने तथा उत्कृष्ट प्रशिक्षकलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

धनकुटाका भीमनारायण श्रेष्ठलाई विराटनगरमा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको आरोपमा पक्राउ गरी २०३५ मा गोली हानी हत्या गरिएको थियो । श्रेष्ठलाई एक वर्षअघि मात्रै राष्ट्रिय शहीद घोषणा गरिएको थियो । शहिद भीमनारायण श्रेष्ठको नाममा २०५५ मा स्थापित प्रतियोगिता २०६३ यता नियमित हुँदै आएको छ । 

 

अन्तिम अपडेट: चैत ११, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया