पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
मकवानपुर - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले तीनै तहका सरकारमा बिचौलिया रहेको बताउनुभएको छ ।
संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमा बिचौलियाका कारण अनियमितता हुने गरेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयको आयोजनामा कार्यालय प्रमुखहरुसँग भएको छलफल कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले हरेक क्षेत्रमा बिचौलिया चुनौतीपूर्ण बन्दै गएको बताउनुभयो ।
स्थानीय स्तरका बिचौलिया स्थानीय प्रशासनले नै तह लगाउन सक्ने पनि उहाँले बताउनुभयो । आफू प्रमुख जिल्ला अधिकारीसमेत भएर काम गरेको अनुभव सुनाउँदै उहाँले प्रहरी लगाएर स्थानीय स्तरका बिचौलिया प्रशासनले तह लगाउन सक्ने बताउनुभयो ।
सरकारले गरेका एक हजार ८ सय ४८ रुग्ण प्रकृतिका ठेक्काको काम हेर्दा ठूलो अनियमितता भएको पाइएको बताउनुभयो । यी योजनामा ४७ वटा योजनाको अनियमितताका विषयमा विस्तृत अनुसन्धान गरिरहेको घिमिरेले बताउनुभयो । निर्माण क्षेत्रमा अझै पनि कार्टेलिङ रहेको उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ ।