जंगलको काफल बेचेरै ७५ हजार रुपैयाँ कमाउने ‘काफलवाली’ सम्मानित

 जेठ १९, २०७६ आइतबार ७:२०:८ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – जंगलको काफल बेचेर ७५ हजार रुपैयाँ कमाउन सफल काफलवाली अर्थात् गीता खत्री सम्मानित हुनुभएको छ । 

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –६ नरपानी उपल्लो जगात निवासी २२ वर्षीय गीता खत्रीले काफल बेचेरै ७५ हजार कमाउन सफल हुनु भएको हो । 

काफलवालीलाई शनिबार उपल्लो जगातमा भएको एक कार्यक्रममा सम्मान गरिएको छ । 

नरपानीको उपल्लो जगातमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उहाँलाई सम्मान गर्नुभएको हो । 

स्नातक तहमा अध्ययन गरिरहनु भएकी गीताले जंगलमा फलेको काफल सन्धिखर्क गोरुसिंगे सडकको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा गाडीमा हिँड्ने यात्रुलाई बेचेर ७५ हजार रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको हो । 

गीता सन्धिखर्कको पाणिनी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • नरविन साउद

    June 3, 2019, 9:12 p.m.

    एकदम राम्रो प्रयास

  •  0 Reply

तपाईको प्रतिक्रिया