विश्वकप क्रिकेट : इंग्ल्याण्ड र पाकिस्तानबीचकाे खेल आज

 जेठ २०, २०७६ सोमबार ७:१४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जारी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत साेमबार घरेलु टोली इंग्ल्याण्ड र पाकिस्तान नटिङघममा आमने सामने हुँदैछन् । दुईबीचको खेल नेपाली समय अनुसार अपराह्न सवा ३ बजेदेखि सुरु हुनेछ ।

पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ४ रनले पराजित गरी हौसिएको इंग्ल्याण्ड विश्वकपकै दावेदार टोलीमध्येको हो । एकदिवशीय बरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्याण्डले घरेलु दर्शक र मैदानको साथ पनि पाएकै छ ।

पहिलो खेलमा वेष्ट इण्डिजसँग १ सय ५ रनमै समेटिएको पाकिस्तानका लागि विश्वकपको सुरुआत निकै नै खल्लो बन्यो ।

सन् १९९२ को विश्वकप विजेता पाकिस्तानको ब्याटिङक्रम त्यस खेलमा निकै कमजोर देखिएको थियो । कप्तान सर्फराज अहमदले पनि ब्याटिङको कमजोरी सुधार गरी बाँकी खेल जित्ने प्रयासमा लाग्ने बताएका थिए ।

दक्षिण अफ्रिकाबिरुद्धको पहिलो खेलमा बेन स्टोक्सले इंग्ल्याण्डको प्रदर्शनको नेतृत्व गरेका थिए । ब्याटिङ, बलिङ र फिल्डिङमा इंग्लिस खेलाडीहरु उत्कृष्ट देखिएका छन् ।

विश्वकप सुरु हुनु १ महिनाअघि मात्रै इंग्ल्याण्डले पाकिस्तानबिरुद्धको पाँच एकदिवशीय खेलको सिरिजमा ४–० को जित हासिल गरेको थियो । त्यसैले साेमबारको खेलमा पनि घरेलु टोली हाबी हुने अनुमान गर्न सकिन्छ ।

पाकिस्तानी टोलीमा मोहम्मद आमीरको प्रदर्शन धेरै हदसम्म निर्णायक बन्नेछ । कमजोर लक्ष्य पछ्याएको वेष्ट इण्डिजको ३ विकेट आमीरले नै झारेका थिए ।

इंग्लिस टोलीबाट ओपनर जोनी बेरिस्टो, जस बटलर तथा बेन स्टोक्सजस्ता अनुभवी र विष्फोटक ब्याट्सम्यानहरुले जितको आधार बनाउन सक्छन् ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया