धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
डोटी – डोटीको सायल गाउँपालिकाका शिक्षकहरुले तलब नपाएको भन्दै अनिश्चतकालीन विद्यालय बन्द गरेपछि विद्यालयको पठन पाठन प्रभावित भएको छ ।
आफूहरुले चार महिनासम्म पनि तलब नपाएको भन्दै शिक्षक महासंघ सायल गाउँपालिकाको नेतृत्वको शिक्षक टोलीले पूरै गाउँपालिकाभरी रहेका ३१ वटा विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको स्थानीय तेजबहादुर सिंहले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तलब पाइएन भनेर शिक्षकले बिद्यालय बन्द गरे, विद्यार्थीको भविष्य अन्यौल भयो ।’ शिक्षकले गाउँपालिकाभरीका विद्यालय बन्द गरेपछि विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको छ ।
तलब पाउन पटक पटक माग गरेपनि तलब नदिएका कारण बाध्य भएर विद्यालयमा तालाबन्दी गरिएको शिक्षक महासंघ सायल गाउँपालिकाका अध्यक्ष नवराज उपाध्यायले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विद्यालय बन्द गर्ने हाम्रो रहर हैन, बाध्यता हो, तलब पाए तत्कालै खोल्नेछौं ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।