कैलाली-कञ्चनपुरबाट हावाहुरी बर्दिया र दाङतर्फ बढ्दै : सतर्कता अपनाउन आग्रह

 जेठ २३, २०७६ बिहिबार २३:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा आएको हावाहुरी त्यहाँबाट पूर्वतिर बर्दिया, बाँके र दाङतर्फ बढिरहेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले आग्रह गरेको छ ।

कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४१ जना पुगेको छ । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भैरहेको कैलालीका प्रहरी उपरीक्षक  सुदीप गिरीले बताउनुभयो । 

राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको हो ।कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ । 

सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध रहेको छ । 

कैलालीका साथै कञ्चनपुरमा पनि हावाहुरीले क्षति पुर्याएको छ । क्षतिको यकिन विवरण आउन बाँकी छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया