श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गयाे

 जेठ २५, २०७६ शनिबार १७:१९:५४ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - शीतगंगा नगरपालिका–१, सुवर्णखालमा श्रीमानको कुटपिटबाट एक महिलाकाे ज्यान गएको छ । 

ज्यान जानेमा शीतगंगा–१, मन्द्रे घर्तीसाराकी ३४ वर्षीया बसन्ता खत्रीको रहेको  प्रहरीले जनाएको छ । अत्यधिक रक्सी पिएका ३५ वर्षीय श्रीमान विष्णु खत्रीले सामान्य निहुँमा मुखमा प्रहार गरी घरको झ्यालमा टाउको ठोक्काइदिएपछि नाक र कानबाट रगत बगेर मृत्युकाे प्रहरीले जनाएकाे छ।

बसन्ताकाे मृत्यु भएपछि माइती पक्षले प्रहरीमा उजुरी दिएका थिए ।

विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनी मृतकको घाटीमा पासो देखाउँदै आफूले बचाउन पासो काटिदिएको प्रहरीलाई झूटाे बयान दिएका थिए ।शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले फेरि सोधपुछ गर्दा आराेपित विष्णुले आफैँले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाइदिएको स्वीकार गरेका छन् ।

उनले आफूले मुक्का प्रहार गर्दै झ्यालमा टाउको ठोक्काएर नाक र कानबाट रगत बगेपछि श्रीमतीको मृत्यु भएको स्विकार गरेपछि अहिले उनी प्रहरी  नियन्त्रणमा रहेकाे र थप अनुसन्धानका क्रममा रहेकाे प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: चैत २७, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया