भारतीय गोर्खा सैनिक छनौटमा पास गराइदिने भन्दै लाखाैँ ठग्ने पक्राउ

 जेठ २५, २०७६ शनिबार २०:३३:२९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - भारतीय गोर्खा सैनिक छनौटमा सहभागी युवाबाट रकम उठाउने पाँच जनालाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेललेपक्राउ परेका पाँचजनालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको जानकारी 
दिनुभयो । 

चितवनकाे भरतपुर महानगरपालिका वडा नम्बर-७ का रामकाजी पाण्डे र अर्जुन पौडेल, कास्की पोखरा महानगरपालिका-१८ का सुजाता पाठक र शर्मिला अधिकारी तथा रुपन्देही तिलोत्तमा नगरपालिका-९ का निरबहादुर थापालाई नेपालगञ्जको होटल बाटिकाबाट पक्राउ गरिएको हो ।

उनीहरुले छनौटपछि लिखित परीक्षाको प्रश्नपत्र दिलाइदिने भन्दै रकम असुल गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । भर्ना हुन आएका दुई जना युवाले लिखित जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेका व्यक्तिबाट ३८ लाख १० हजार रुपिया नगद बरामद गरिएका कारण धेरैजना युवाबाट रकम असुल भएको हुन सक्ने डिएसपी सापकोटाले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेले ठगिएका युवायुवती र अभिभावकलाई निवेदनसहित सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ । प्रहरी तालिम केन्द्र नेपालगञ्जमा गएकाे जेठ १६ देखि २१ गतेसम्म भारतीय गोर्खा सैनिकको प्रारम्भिक छनौट भएको थियो । 

अन्तिम अपडेट: चैत १०, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

1 Comments

  • Sagar Gurung

    June 8, 2019, 9:29 p.m.

    अशोज १६ देखि २१ होइन /

  •  1 Reply

तपाईको प्रतिक्रिया