हारेका जनप्रतिनिधिसँग बजेट निर्माणका लागि सुझाव संकलन

 जेठ २७, २०७६ सोमबार ११:८:४७ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ का लागि ल्याउन लागेको नीति तथा कार्यक्रम र बजेट तर्जुमाको बारेमा हारेका जनप्रतिनिधि र विभिन्न सरोकारवालाहरुसँग राय सुझाव माग गरेको छ । 

जनप्रतिनिधि आएपछि उनीहरुले आफ्नाे मनाेमानि बजेट निर्माण गर्छन भन्ने आरोप लागाई रहेका बेला छत्रदेव गाउँपालिकाले टोल, वडा हुँदै पालिका स्तरमै चुनावमा पराजित भएका नेताहरुसहित विभिन्न सरोकारवालासँग आफ्ना गाउँ–ठाउँको विकासमा प्रभावपार्ने खालका दीर्घकालिन योजना तयार पार्न आह्वान गर्दै सुझाव मागेको गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले बताउनुभयाे । 

छत्रदेव गाउँपालिकाभित्र रहेका  राजनितिकदलका अध्यक्ष, नागरिक समाजका प्रतिनिधि, विभिन्न बिद्यालयका प्रधानाध्यापक, गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, कृषक, स्वास्थ्य विज्ञहरुसँग वृहत छलफल गरी रायसुझाव संकलन गरेको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयाे  ।

नीति तथा बजेट बनाउनका लागि विषयगत समितिका बैठकहरु बसिरहेको र सबै छलफल र बैठकबाट निचोड निकालेर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयाे । २०७६/०७७ को बजेटले समावेश गनुपर्ने क्षेत्र, बजेट निर्माणको प्रक्रिया, बजेको प्राथमिकता, बजेट कार्यन्वयले पर्ने प्रभाव लगायतका बारेमा प्रमुख प्रशासकिय अधिकृत  भुसालले कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे । 

वक्ताहरुले चुनावमा हारेका राजनितिक दल र सरोकारवालाहरुसँग बजेटको बारेमा रायसुझाव मागेकोमा छत्रदेव गाउँपालिकाको प्रशंसा गरेका थिए । नेपाली कांग्रेसका पालिका संयोजक बालकृष्ण पोख्रेल, नेकपाका छत्रदेब गाउँपालिकाका संयोजक रामलाल पराजुली, अध्यक्ष लेखनाथ पोख्रेलसंगै चुनाव हारेका तत्कालिन माओवादी केन्द्रका प्रकाश ज्ञवाली, राष्ट्रिय जनमोर्चाका नेत्र गैरै, नागरिक समाजका किमकला भुसाल, गैरसरकारी संस्थाका हरिबहादुर खड्का, हरि पौडेल लगायतले सुझाब दिनुभएकाे थियाे ।  

अन्तिम अपडेट: चैत ९, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया