पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
अर्घाखाँची – महर्षि पतञ्जलीको जन्म अर्घाखाँचीमा भएको ‘पुष्टि’सहित प्राध्यापक डाक्टर विष्णुराज आत्रेयद्वारा लिखित पतञ्जली नामक पुस्तकको बिहीबार लोकार्पण गरिएको छ ।
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्वर ३ ठाडादहमा बिहीबार एक कार्यक्रमका बीच ‘पतञ्जली’ नामक पुस्तकको पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझी, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डाक्टर दिनेशराज पन्त र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राध्यापक डाक्टर माधवराज गौतमले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।
पुस्तकमा महर्षि पतञ्जलीको जन्म शितगंगा नगरपालिका वडा नम्बर–७ एैरावतीको वलारेपांग्रेमा भएको पुष्टि गरिएको छ । पतञ्जलीको जन्म भएको कारण अहिले अमराइबाट जुकेना, जलुके हुँदै लामाताल, ऐरावती जोड्ने सडकको नाम पनि पतञ्जली मार्ग नामाकरण भएको छ ।
पुस्तक लोकार्पण कार्यक्रममा मन्तव्य राख्दै पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझी, नेपाल प्रज्ञा प्रविष्ठानका प्राज्ञ डाक्टर दिनेशराज पन्त र नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राध्यापक डाक्टर माधवराज गौतमले पतञ्जलीको जन्म भएको स्थानको प्रचारप्रसारमा सबैले ध्यान दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक ऋषिकेश उपाध्याय, डाक्टर भीष्मकुमार भुसाल, जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्राध्यापक लालमणि पाण्डे, वरिष्ठ अधिवक्ता गोपाल घिमिर लगायतले मन्तव्य राखेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।