अबदेखि भारतीय भूतपूर्व सैनिकले सन्धिखर्कबाटै पेन्सन पाउने

 जेठ ३१, २०७६ शुक्रबार १६:६:४९ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीका भारतीय भूतपूर्व सैनिकहरुले अबदेखि सन्धिखर्कबाटै पेन्सनको रकम पाउने भएका छन् ।

सन्धिखर्कमा सैनिक बोर्डको स्थापना भएपछि जिल्लाका झण्डै चार हजार भारतीय भूतपूर्व सैनिक तथा उनीहरुका परिवारजन हर्षित भएका छन् ।यसअघि पेन्सन बुझ्न तथा पेन्सनपटा सच्याउन गुल्मीको तम्घास तथा बुटवल जानुपर्ने बाध्यता रहेको थियो । जिल्ला सदरमुकामबाटै सबै काम हुने भएपछि अब देखि त्यो बाध्यता हटेको छ।

श्क्रबार भारतीय राजदूतावासका एस.एम. रक्षा सैनिक सहचरी कर्नेल अवनिस चाम्वियालले जिल्ला सैनिक बोर्डको उद्घाटन गर्नुभयाे । कार्यक्रममा मन्तव्य राख्दै कर्नेल चाम्वियालले सन्धिखर्कमा सैनिक बोर्ड स्थापना भएपछि भारतीय भूतपूर्व सैनिकहरुलाइ सहज भएको बताउनुभयाे ।

उहाँले सन्धिखर्कमा सैनिक बोर्ड स्थापना गर्न पहल गर्ने सबैलाइ धन्यवाद दिँदै नेपाल र भारतबीचको सम्बन्ध पहिलेदेखि नै सुमधुर रहेको बताउँदै भारतीय पल्टनहरुमा नेपालीहरुको पहिचान विशिष्ट प्रकृतिको रहेको जानकारी दिनुभयाे ।

जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्माले पेन्सन बुझ्न गुल्मीको तम्घास तथा बुटवल जानुपर्ने बाध्यता हटेको बताउँदै यसबाट जिल्लावासीलाई सजिलाे भएको बताउनुभयाे ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले सन्धिखर्क नगरपालिकामा जिल्ला सैनिक बोर्ड स्थापना हुनुले जिल्लामा रहेका भारतीय भूतपूर्व सैनिकहरुलाइ ठूलो राहत भएको बताउँदै सैनिक बोर्डको स्थापना गरेकोमा भारतीय राजदूतावासलाइ भन्यबाद दिनुभयाे ।

नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय सदस्य श्यामनाथ कास्यपले आफूहरुको झण्डै २० बर्षको अथक प्रयासबाट जिल्ला सैनिक बोर्डको स्थापना भएको बताउँदै यसबाट भारतीय भूतपूर्व सैनिकहरु अत्यन्तै हर्षित भएको बताउनुभयाे ।

 

अन्तिम अपडेट: चैत १३, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया