विश्वकप क्रिकेट : बलियो इंग्ल्याण्ड र कमजोर अफगानिस्तानबीच प्रतिस्पर्धा

 असार ३, २०७६ मंगलबार १०:२७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एकदिवशीय विश्वकप अन्तर्गत मंगलबार आयोजक टोली इंग्ल्याण्डले अंकतालिकाको अन्तिममा रहेको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । 

यो खेल म्यान्चेस्टरको ओल्ट ट्राफोट रंगशालामा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ । 

पछिल्ला २ खेलमा उत्कृष्ट प्रदर्शन गरेको इंग्ल्याण्ड र ४ मध्ये चारै खेलमा पराजित भएको दोस्रो विश्वकप खेलिरहेको टोली अफगानिस्तानलाई पराजित गरी सेमिफाइनलमा स्थान बनाउने योजनामा अग्रसर हुने लक्ष्यमा छ । 

अफगानिस्तानले विश्वकपको अहिलेसम्मको खेलमा अनुभवको कमीकै कारण पराजय ब्यहोरेको छ । इंग्ल्याण्डलाई पराजित गर्न उनीहरुले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट प्रदर्शन गर्नु जरुरी छ । 

इंग्ल्याण्डका सुरुआती ब्याट्सम्यान ज्यासन रोय ह्याम्स्ट्रिङको चोटका कारण विश्वकपमा आगामी २ खेलमा खेल्ने छैनन् । त्यस्तै ढाडको दुखाइका कारण इयोन मोर्गनले पनि खेल्न सक्ने निश्चित भइसकेको छैन । ज्यासनको स्थानमा जेम्स भिन्सले टिममा स्थान बनाएका छन् । 

म्यानचेस्टरमा मंगलबार पानी पर्ने सम्भावना कम छ । बदली भने हुनेछ । यस्तोमा ओल्ड ट्राफोटको ठूलो मैदानमा बलरहरु हाबी हुने अनुमान गरिएको छ । दुवै टोलीका स्पिनरहरुको प्रदर्शन यस खेलमा हेर्नलायक हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया