यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
आईसीसी विश्वकप २०१९ का आधा खेलहरु सकिने संघारमा छन् । १० टिमले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टिम सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ ।
जारी विश्वकपमा विभिन्न नयाँ नयाँ रेकर्डहरु पनि बन्ने संघारमा रहेकाले भारतीय क्रिकेटर सचिन तेन्दुलकरले सन् २००३ मा बनाएको रेकर्ड तोडिन्छ कि तोडिदैँन, धेरैको ध्यान त्यसमा पनि केन्द्रीत रहेको छ ।
सन् २००३ को विश्वकपमा सचिनले ६७३ रनको रेकर्ड बनाएका थिए । त्यसपछि सचिन आफैँले सन् २००७ र २०११ को विश्वकप खेले पनि तोड्न सकेनन् भने अरुले पनि त्यो हिम्मत गरेनन् ।
सचिनले २००३ मा ११ वटा खेलमा यो रेकर्ड बनाएका थिए । यसपटक पनि एउटा टिमले ९ वटा खेल खेल्ने र सेमिफाइनल र फाइनल खेल्ने टिमले ११ वटा खेल खेल्ने छन् । जसले गर्दा सचिनले बनाएको रेकर्ड तोड्ने आधार एउटा तय भएको छ ।
यी खेलाडीले तोड्न सक्छन् सचिनको रेकर्ड–
१. शकिब अल हसन : बंगलादेश
जारी विश्वकपमा बंगलादेशका अलराउण्डर शकिब अल हसन उच्च फर्ममा छन् । उनले अहिलेसम्म २ शतक र २ अर्धशतक बनाइसकेका छन् । चार खेलमा उनी ३८४ रन बनाउँदै शीर्ष स्थानमा रहेका छन् ।
२. जोय रुट : इंग्ल्याण्ड
इंग्ल्याण्डका उत्कृष्ट ब्याट्सम्यान जोय रुटको जारी विश्वकपमा फर्म उत्कृष्ट देखिएको छ । वेस्टइण्डिजविरुद्ध ९४ बलमा ११ चौकाको मद्दतले १ सय रनको सानदार पारि खेलेका थिए । जारी विश्वकपमा ५ खेल खेलेको इंग्ल्याण्डका लागि रुटले २ शतक र २ अर्धशतकको मद्दतले ३६७ रन बनाउँदै दोस्रो स्थानमा रहेका छन् ।
३. एरोन फिन्च : अस्ट्रेलिया
अस्ट्रेलियाका कप्तान एरोन फिन्चको एक दिवसीय क्रिकेट करियर शानदार रहेको छ । जारी विश्वकपमा खेलेका ५ खेलमा उनले ३४३ रन बनाएका छन् । जसमा २ शतक र एक अर्धशतक सामेल छ । श्रीलंकाविरुद्ध विश्वकपमा सर्वाधिक रन बनाएका थिए ।
४. रोहित शर्मा : भारत
भारतको ओपनिङ व्याट्सम्यान रोहित शर्मा अहिलेसम्म सर्वाधिक रन बनाउने खेलाडीको चौथो नम्बरमा छन् । ३ खेल खेल्दा उनले २ शतक तथा एक अर्धशतकको मद्दतले ३१९ रन बनाइसकेका छन् ।
५. डेभिड वार्नर : अस्ट्रेलिया
गत वर्ष बल टेम्परिङको अभियोगमा मैदान बाहिर रहेका डेभिड वार्नरले जारी विश्वकपमा उत्कृष्ट ‘कम ब्याक’ गरेका छन् । उनले अहिलेसम्म ५ खेलबाट २८१ रन बनाएका छन् । जसमा १ शतक र २ अर्धशतक सामेल गरिएको छ ।