अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
कैलाली - धनगढीकाे नैनादेवी मन्दिर परिसरमा डोटेली भाषाको चलचित्र ‘नन्दी’ को शुभ मुहूर्त गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका मन्त्री माया भट्टले चलचित्रको शुभ मुहूर्त गर्नुभएकाे हाे । कार्यक्रममा मन्त्री भट्टले सुदूरपश्चिमको भाषा, कला, संस्कृतिलाई जोगाइराख्न र यसको पहिचान बढाउन भाषाभाषीका चलचित्र निर्माण गरिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे, ‘मन्त्रालयले पनि कला संस्कृति जोगाउने विभिन्न कार्यक्रम ल्याएको छ । पश्चिमा संस्कृति भन्दा पनि आफ्नै क्षेत्रको रहनसहनमा रहेका चलचित्र तथा गीत संगीतलाई हामी सहयोग गर्दै आएका छौँ ।’
शुभ मुहूर्त कार्यक्रममा संस्कृतिविद् डा. टिएन जोशीले पनि भाषाभाषीका चलचित्र निर्माण गरिनुपर्नेमा जोड दिनुभयो । ‘डोटेली भाषाको चलचित्र बन्नुपर्छ, त्यसमा यहाँको कला, संस्कृति र पर्यटनलाई उजागर गरिनुपर्छ,’ उहाले भन्नुभयो,‘चलचित्र एउटा इतिहासलाई साक्षी राख्ने माध्यम पनि भएकाले यसलाई प्रोत्साहन गर्नुपर्छ ।’
सिएस् फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म नन्दीका निर्माता विनोद बोहरा ‘बोक्टानी किङ’ हुनुहुन्छ । चलचित्र सुदूरपश्चिमका ९ वटै जिल्लाका मुख्य पर्यटकीय तथा धार्मिक स्थलमा छायांकन गरिने बताउँदै निर्माता बाेहराले भन्भन्यो, ‘चलचित्रमा यहाँको डेउडा, फाग, चैत, धमारीका साथै कला संस्कृतिलाई समेटिने छ । आउँदो मंसिरमा चलचित्र प्रदर्शमा ल्याउने तयारी भइरहेको छ ।
निर्माता बाेहराले यसअघि सौराईँ नामक डोटेली चलचित्र निर्माण गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।