भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
अर्घाखाँची - छत्रदेव गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
गाँउपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले ८४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे छ जसमा यस वर्ष खानेपानीलाइ प्रथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताइएकाे छ । अघिल्लाे वर्ष खरका छाना मुक्त पालिका बनाएको गाँउपालिकाले यस वर्ष एक घर एक धारा बनाउने गरी खानेपानीलाइ प्राथमिकतामा राखेको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गाँउमै एमबीबीएस डाक्टरको उपस्थितिमा गरिने निशुल्क स्वास्थ्य परीक्षणलाइ निरन्तरता दिइएको छ । दलित घर उज्यालो कार्यक्रम तथा बोयर बाख्राको हबको रुपमा गाँउपालिकालाइ विकास गर्ने कार्यक्रमलाइ पनि निरन्तरता दिएको छ ।
बढ्दो बसाइ सराइलाइ नियन्त्रण गर्न ‘पखनोस् हामी तपाइँको लागि केही गर्दैछाैँ’ भन्ने अभियान सञ्चालन गर्ने भएको छ । कृषि पशुपालन पनि प्राथमिकतामा परेका छन् जसमध्ये बँदेल र बाँदरको आतंकलाइ नियन्त्रण गर्न योजना अगाडि सारिएको छ भने गाँउपालिकामा कागतीको पकेट क्षेत्र बनाउने पनि उल्लेख छ ।
अध्यक्षले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सभाका ४ जना सदस्यहरुले सुझाव राखेपछि सर्वसम्मतिमा पारितभयो ।