यसअघि सनसनी मच्चाएका यी तीन खेलाडी जसले विश्वकपमा देखाउन सकेनन् आफ्नाे प्रदर्शन

 असार ९, २०७६ सोमबार ६:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्वकप अन्तर्गत अहिलेसम्म आधा खेल सकिएका छन् भने शीर्ष चार स्थानमा रहने टिम सेमिफाइनलमा पुग्ने प्रावधान अनुसार सबै १० टिमले यस पटक एक अर्कासँग भिड्ने छन् ।

अहिलेसम्म न्यूजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड र भारत शीर्ष चारमा रहेका छन् । अझै यी सबैका खेल बाँकी रहेकाले सेमिफाइनलसम्म पुग्दा यी बाहेक अरुको पनि सम्भावना झिनो रुपमा बाँकी नै रहेको देखिन्छ ।

अहिलेसम्मको खेलमा केही टिम र खेलाडीले सानदार प्रदर्शन गरेका छन् । तर यस अघि एक दिवसीय र टी –२० क्रिकेटमा सनसनी मच्चाएका खेलाडीहरुको प्रदर्शन भने बिर्सन लायक नै देखिएको छ ।

अहिले हामीले क्षमता अनुसार जारी विश्वकपमा प्रदर्शन गर्न नसकेका खेलाडीको विषयमा जानकारी दिँदैछौं ।

नाथन कुल्टर नाइल : अस्ट्रेलिया

अस्ट्रेलियाका उत्कृष्ट बलरमा पर्छन् नाथन कुल्टर नाइल । तर उनले जारी विश्वकपमा अहिलेसम्म खेल्दा सम्झन लायक प्रदर्शन गर्न सकेका छैनन् ।

चार खेलमा बलिङ गर्दा १ सय १ को औसतमा जम्मा २ विकेट हात पारेका छन् ।

उनलाई अस्ट्रेलियाको टिममा तेस्रो बलरको रुपमा राखिएको थियो । त्यसमा उनी खरोरुपमा उत्रन सकेका छैनन् ।

हसिम अमला : दक्षिण अफ्रिका

दक्षिण अफ्रिकाका हासिम अमला टी–२०, एक दिवसीय र टेस्ट सबै फरम्याटमा उत्तिकै राम्रो खेल्ने खेलाडी हुन् ।

तर उनले जारी विश्वकपमा रन बनाउनै सकेका छैनन् । अहिलेसम्म खेलेका पाँच खेलमा उनले खराब प्रदर्शन गरेका छन् ।

ओपनिङमा आउने अमलाले पाँच खेलमा जम्मा ६८ रन बनाएका छन् ।

रासिद खान : अफगानिस्तान

विश्वकै उत्कृष्ट स्पिन बलर हुन रासिद खान । तर उनले जारी विश्वकपमा एकदमै निरास प्रदर्शन गरेका छन् ।

विश्वकपअघि रासिदका कारण अफगानिस्तानले अप्रत्यासित नतिजा निकाल्न सक्ने आंकलन गरिएको थियो । तर त्यस्तो भएन ।

२० वर्षीय रासिदले अहिलेसम्म ३ विकेट मात्रै लिएका छन् । इंग्ल्याण्डसँग उनले इतिहासकै बिर्सन लायक प्रदर्शन गरे ।

उनले ९ ओभरमा १ सय १० रन खर्चँदा पनि विकेट लिन असफल बने ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया