विश्वकप क्रिकेट : बंगलादेश विरुद्ध जितविहीन अफगानिस्तान

 असार ९, २०७६ सोमबार ७:४२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

अफगानिस्तान र बंगलादेश एकदिवशीय विश्वकपमा कमजोर मानिएका टिम हुन् । अफगानिस्तान अहिलेसम्म जितविहीन रहँदा बंगलादेशले भने जायन्ट किलरको रुपमा दक्षिण अफ्रिका र वेष्ट इण्डिजलाई पराजित गरेर सनसनी मच्चाएको छ ।

६ खेलबाट ५ अंक जोडेको बंगलादेशको सेमिफाइनल प्रवेशको सम्भावना भने कमजोर नै छ । बंगलादेश र अफगानिस्तानबीचको यो खेल साउथह्याम्प्टनमा नेपाली समयअनुसार साेमबार दिउँसो सवा ३ बजेदेखि सुरु हुनेछ ।

यो यही मैदान हो जहाँ अफगानिस्तानले शनिबार भारतसँग ११ रनको साँघुरो हार ब्यहोरेको थियो । विश्वकपको प्रमुख उपाधि दावेदार भारतलाई २ सय २४ रनमै रोकेको अफगानिस्तानको ब्याटिङ पंक्तिले धैर्य कायम राख्न नसक्दा हार ब्यहोर्नुपरेको थियाे ।

मोहम्मद नावीले अर्धशतकीय पारी खेले पनि अन्यले साथ दिन सकेनन् । बलियो टोली भारत लज्जास्पद हारबाट जोगियो ।

त्यसको विपरित बंगलादेशले भने बलिङमा कमजोर प्रदर्शन गरिरहेको छ । शकिव अल हसनले बंगलादेशको ब्याटिङ नेतृत्व गरेका छन् ।

उनले अहिलेसम्म २ शतकसहित शानदार प्रदर्शन गरिरहेका छन् । हसनलाई मुसफिकर रहिमले साथ दिइरहेका छन् ।

पछिल्लो ३ खेलमा बंगलादेशले ३ सय २० भन्दा माथिको योगफलको लक्ष्य पछ्याउनुपरेको छ । त्यसैले बलिङ र फिल्डिङ क्षेत्रमा धेरै सुधारको आवश्यकता छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया