विश्वकप क्रिकेट: अष्ट्रेलियाले इंग्ल्याण्डलाई दियाे २८६ रनको लक्ष्य

 असार १०, २०७६ मंगलबार १९:२५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकपमा अष्ट्रेलियाले इंग्ल्याण्डलाई दुई सय ८६ रनको लक्ष्य दिएको छ ।

लर्डसमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउँदै दुई सय ८५ रन बनायो । बलियो सुरुवात गरेको उसले पहिलो विकेटका लागि एक सय २३ रनको साझेदारी गरेको थियो । उसका लागि डेविड वार्नरले ५३ रन बनाए । त्यसपछि उस्मान ख्वाजाले २३ तथा स्टिभ स्मिथ ३८ रनमा आउट भए ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सतकीय पारी खेले । उनले एक सय १६ बलमा सय रन बनाए । सुरुवात राम्रो गरेपनि उसका मध्यक्रमका खेलाडी विच दरिलो साझेदारी हुन सकेन ।

मार्कुस स्टोनीस आठ रनमा आउट भए भने प्याट कुमिन्सले मात्र एक रन बनाए । अन्तिममा एलेक्स कारेले अविजीत ३८ रन बनाए । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्सले दुई तथा जोफ्र आर्चर, मार्क उड र बेन स्टोकले एक एक विकेट लिए ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया