विश्वकप क्रिकेट २०१९ : सेमिफाइनल पुग्न न्यूजिल्याण्डलाई जित्नै पर्ने दबाबमा पाकिस्तान

 असार ११, २०७६ बुधबार ८:१८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डमा जारी एकदिवीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ ।

आजकाे खेलमा पाकिस्तानलाई पराजित गरेको खण्डमा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्नेछ । 

अर्कोतर्फ सेमिफाइनलमा पुग्ने आशा जीवितै राख्नका लागि पाकिस्तानलाई यो मात्र होइन बाँकी सबै खेल जित्नैपर्ने अवस्थामा छ । जित महत्वपूर्ण रहेका यी दुई टोलीको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजेदेखि म्यान्चेस्टरको ओल्ड ट्राफोड रंगशालामा हुनेछ । 

न्यूजिल्याण्ड प्रतियोगितामा अपराजित टोली हो । ६ मध्ये ५ खेलमा जित हासिल गरेको न्यूजिल्याण्डले भारतविरुद्धको खेल वर्षाले रद्ध भएपछि अंक बाँडेको थियो । 

कप्तान केन विलियम्सनको प्रेरणामा न्यूजिल्याण्डले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको छ र विश्वकपको उपाधिमा स्वभाविक दाबेदारको रुपमा आफूलाई उभ्याएको छ । 

केन विलियम्सनका अलावा रस टेलर, कोलिन डी ग्राण्डहोम, लक्की फर्गुसन, म्याट हेनरी र जेम्स निसमकै प्रदर्शन यसअघिका खेलमा जस्तै पाकिस्तानविरुद्ध पनि निर्णायक हुनेछ । 

६ खेलमा २ जित हासिल गरेको पाकिस्तानका लागि सेमिफाइनल प्रवेशको सम्भावना कायम राख्न यो खेल जित्नैपर्नेछ । पाकिस्तान विश्वकपकै सबैभन्दा अनिश्चित टोली हो । यसअघिका प्रदर्शनले यस्तै बताउँछ । 

पहिलो खेलमा वेष्ट इण्डिजसँग ७ विकेटले पराजित भएको पाकिस्तानले आयोजक इंग्ल्याण्डलाई पराजित गरेको थियो । त्यसयता अस्ट्रेलिया र भारतसँग पराजित भएको छ भने दक्षिण अफ्रिकालाई पराजित गरेको छ । 

पाकिस्तानका लागि मोहम्मद अमिरले अहिलेसम्म सानदार प्रदर्शन गरिरहेका छन् । ब्याटिङमा उसको एकरुपको प्रदर्शन देखिएको छैन । बलिङमा पनि अमिरबाहेक अन्यले उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् ।

आफ्नो लक्ष्य पूरा गर्नका लागि पाकिस्तानलाई निश्चित प्रदर्शनको आवश्यकता पर्नेछ ।

पाकिस्तानलाई किन १९९२ कै इतिहास दोहोरिन्छ जस्तो लागेको छ ?

----------------------------------

उज्यालाेले तयार पारेकाे भिडियाे स्टाेरी हेेर्नुहाेस्ः

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया