विश्वकप क्रिकेट: भारतका राेहित शर्मा सर्वाधिक रन बनाउने खेलाडीकाे शीर्ष स्थानमा

 असार १७, २०७६ मंगलबार १७:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतका रोहित शर्मा जारी विश्वकपका सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा उक्लिएका छन् । उनले अस्ट्रेलियाका डेभिड वार्नरलाई पछि पारेका हुन् । वार्नरले ८ पारिमा ५१६ रन बनाएका छन् भने रोहितले ७ पारीमा ५४४ रन बनाए ।

भारत र बंगलादेशबीचकाे आजकाे खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले उत्कृष्ट प्रदर्शन गरेको छ ।

भारतका लागि ओपनिङ ब्याट्सम्यान रोहित शर्मा र केएल राहुलले १८० रनको साझेदारी गरे । जसमा रोहित शर्मा १०४ रनको शतकीय पारी खेलेर आउट भएका छन् । उनले जारी विश्वकपमा चौथो शतक बनाउँदै विश्वकपमा चार शतक बनाउने श्रीलंकाका कुमार सांगाकाराको रेकर्ड बराबरी गरेका छन् भने भारतबाट विश्वकपमा चार शतक बनाउने पहिलो खेलाडी पनि बनेका छन् ।

यसैगरी लगातार दुई शतक बनाउने भारतका दोस्रो खेलाडी पनि बनेका छन् । यसअघि राहुल द्रविडले २००३ को विश्वकपमा यो रेकर्ड बनाएका थिए । रोहितले दक्षिण अफ्रिकाविरुद्ध १२२, पाकिस्तानविरुद्ध १४० र इंग्ल्याण्डविरुद्ध १०२ रन बनाएका थिए ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया