यस्तो भएमा मात्रै पाकिस्तान सेमिफाइनल पुग्न सक्छ

 असार १९, २०७६ बिहिबार १०:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकपमा सेमिफाइनलका तीनवटा स्थान बुकिङ भइसकेको छ । अष्ट्रेलिया, भारत र इंग्ल्याण्ड सेमिफाइनलमा पुग्दा बाँकी एउटा स्थानका लागि न्यूजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा छ ।

न्यूजिल्याण्डले नौ वटा खेल खेलिसकेको छ । उसले ११ अंक बनाएको छ । एक खेल कम खेल्न बाँकी पाकिस्तानको नौ अंक छ । पाकिस्तानले अब बंगलादेशसँग खेल्न बाँकी छ ।

पाकिस्तानलाई बंगलादेशविरुद्धको खेल जित्नै पर्ने दबाब छ । रनरेटमा न्यूजिल्याण्ड धेरै माथि रहेकाले पाकिस्तानलाई खेल जितेरमात्र सेमिफाइनलको बाटो सहज बन्ने छैन ।

न्यूजिल्याण्डको रनरेट – ०.१७५
पाकिस्तानको रनरेट – ०.७९२

यो अवस्थामा पाकिस्तान सेमिफाइनल पुग्न सक्छ :

यदी पाकिस्तानले ३५० रन बनायो भने उसले बंगलादेशलाई ३११ रनले हराउनु पर्नेछ ।
यदी पाकिस्तानले ४०० रन बनायो भने बंगलादेशलाई ३१६ रनले हराउनु पर्नेछ ।
यदी पाकिस्तानले ४५० रन बनायो भने ३२१ रन बनाउनु पर्नेछ ।
यदी बंगलादेशले टस जितेर ब्याटिङ रोज्यो भने पाकिस्तान सोझै आउट हुनेछ त्यसैले पाकिस्तानको सम्भावना निकै न्यून छ ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया