भारतीय स्थल सेनाध्यक्ष नेपाल भ्रमण सकेर स्वदेश फिर्ता
मंसिर ९, २०८१ आइतबार
पाँचथर - हिलिहाङ गाउँपालिका–६ सिते जङगलमा भएको सुजाता तामाङको हत्या आरोपमा पक्राउ परेका घनेन्द्र लाओतीलाई बाल सुधार गृहमा पठाउन जिल्ला अदालत पाँचथरले आदेश दिएको छ ।
गएको असार ३ गते इलामको माइजोगमाई गाउँपालिका–५ घर भएकी सुजाता तामाङको घाँटी रेटी हत्या भएको थियो । हत्या गरेको आरोपमा पक्राउ परेका हिलिहाङ–६ का घनेन्द्र लाओती नाबालक भएको भन्दै पाँचथर जिल्ला अदालतले बाल सुधार केन्द्रमा पठाउन आदेश दिएको हो ।
जिल्ला न्यायधीश मनोज केसीको इजलासले हत्या आरोपित लाओतीको जन्म दर्ता लगायतका प्रमाणले उनी बालक भएको ठहर गर्दै बाल सुधार गृहमा पठाउन आदेश दिएको हो । २१ वर्षीय तामाङको हत्या गरेर लाओतीले उनको साथबाट ८१ हजार ७ सय रुपैँया नगद समेत लुटेको र पैसा लुट्नकै लागि हत्या गरेको बयान दिएका थिए ।
लाओतीको उमेर १९ वर्ष भन्दै सर्वस्वसहित जन्म कैदको माग गर्दै जिल्ला अदालत पाँचथरमा अभियोग पत्र दर्ता गराइएको थियो । अदालतमा लिइएको बयानका क्रममा उनले आफू १७ वर्ष मात्रै पुगेको बताएपछि जन्मदर्ता र उनले अध्ययन गरेको विद्यालयको प्रमाण जुटाएर हेर्दा १७ वर्ष ७ महिना मात्रै उमेर देखिएको अदालतले जनाएको छ । बालबालिकासम्बन्धी ऐनको दफा नम्बर २४ अनुसार उनलाई सुधार गृह पठाउने आदेश जारी गरेको अदालतले जनाएको छ ।
इलाम घर भएकी तामाङ पाँचथरको हिलिहाङ–३ गोपेटार बजारमा रहेको एनएमबी माइक्रोफाइनान्समा कार्यरत थिइन् । असार ३ गते स्थानीय थलाचुङ र रातमाटेमा फाइनान्सले गठन गरेको समूहको मासिक बैठकबाट ब्याज संकलन गरेर कार्यालय फर्कँदै गर्दा तामाङको हत्या भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।
Yubraj paudel
July 19, 2019, 6:02 a.m.हरे दैव ! हत्याको बदलामा सम्मान , बहिनीले प्रतिकार गरेको भए त उनलाई जेल नै पो हुने रहेछ / यो कस्तो छुट हो हत्यारालाई ??