काठमाण्डाैकाे सिनामङ्गलमा दम्पती मृत भेटिए

 मंसिर ९, २०८१ आइतबार १३:७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको सिनामङ्गलमा एक दम्पती मृत अवस्थामा भेटिएका छन् ।

सिनामङ्गलको जन्मभूमि होटलको बरन्डाकाे रेलिङमा पासो लगाएको अवस्थामा सुनसरीकाे दुहवीका ३४ वर्षीय रमेश माझी र २९ वर्षीया शर्मिला माझी मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिनुभएको छ । उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट नेपाल आएका थिए ।

प्रारम्भिक अनुसन्धानबाट माझी दम्पतीले आत्महत्या गरेको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरू हिजो बेलुका पौने ७ बजे होटलमा पुगेका थिए । आज बिहान साढे ७ बजे प्रहरीलाई खबर भएपछि जिल्ला प्रहरी परिसर, प्रहरी वृत्त गौशाला र काठमाण्डाै उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको हो ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया