कमलामाई नगरपालिकामा अनलाइन प्रणालीबाट कर संकलन सुरु

 साउन ५, २०७६ आइतबार १९:४३:१९ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली - सिन्धुलीको कमलामाई नगरपालिकाले अनलाइन प्रणालीमार्फत कर संकलन सुरु गरेको छ ।

नगरपालिकाका १४ वटै वडाबाट समेत अनलाइन प्रणालीबाट कर संकलन सुरु भएपछि टाढा–टाढाबाट कर बुझाउनै भनी नगरपालिका कार्यालय धाउनु पर्ने बाध्यता अन्त्य भएको सेवाग्राहीले बताएका छन् ।

अनलाइन प्रणालीबाट कर संकलनका लागि आवश्यक तयारी गर्न शुक्रबारदेखि बन्द भएको नगरपालिकाको राजश्व शाखा आइतबारदेखि खुलेको छ । कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले अनलाइन प्रणालीको शुभारम्म गर्दै अब नगरपालिका कार्यालय र वडा कार्यालयबाट याे सेवा प्रदान गरिने बताउनुभयो ।

अब एकीकृत सम्पत्ति कर, घर बहाल कर, सरसफाइ सेवा शुल्क, नक्सा पास दस्तुर, अन्य व्यवसाय कर, अचल सम्पत्ति मूल्यांकन शुल्क, ठेक्कापट्टा नवीकरण लगायतका सबै कर अनलाइन प्रणालीबाट संकलन गरिने पनि मेयर खत्रीले जानकारी दिनुभयो ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया